गुराँस कप फुटसल प्रतियोगिता उपाधि गुराँस बिद्या सदनलाई (फोटो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ २५ २០८០

गुराँस कप फुटसल प्रतियोगिता उपाधि गुराँस बिद्या सदनलाई बागलुङमा सम्पन्न प्रथम गुराँस कप अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि आयोजक गुराँस बिद्या सदनले जितेको छ ।

बागलुङ नगरपालिका वडा नम्वर ३ स्थित गुराँस बिद्या सदन र गुराँस बाल क्लवको आयोजनामा सम्पन्न प्रथम गुराँश कप अन्तर बिद्यालय फुटसल प्रतियोगिता फाइनलमा सिद्धार्थ शिक्षा सदनलाई पराजित गर्दै आयोजक गुराँस बिद्या सदनले उपाधि जितेको हो ।

गुराँस बिद्या सदनको छैठो बार्षिकोत्सवको सन्दर्भ पारेर कक्षा ८ सम्मका बिद्यार्थीहरुका बिचमा संचालन गरिएको प्रतियोगिताको उपाधि जितेको गुराँस बिद्या सदनले नगद १५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

 

उपविजेता बनेको सिद्धार्थ शिक्षा सदनले नगद ७ हजार ७ सय ७७ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेको चिल्ड्रेन लाइफ बोडिङ स्कुल र कालीगण्डकी आवसिय माविलाई पुरस्कार स्वरुप ट्रफि प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडिको रुपमा सिद्धार्थ शिक्षा सदनका एलीक्स थापा, उत्कृष्ट गोल रक्षकको रुपमा गुराँस बिद्या सदनका समिप खड्का र सर्वाधिक गोलकर्ताको रुपमा आदर्श बिद्या मन्दिरका युकेन खत्रीलाई पुरस्कार प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सनका जिल्ला अध्यक्ष दल थापा र एन प्याव्सनका नगर समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम गुराँस बाल क्लवका अध्यक्ष नेल्सन बोहोराको अध्यक्षता र गुराँस बिद्या सदनका प्रिन्सीपल निशान खड्काको संचालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म संचालित प्रतियोगितामा १७ बिद्यालयका २० टिमको सहभागीता रहेको थियो ।

फोटोहरु हेर्नुहोस्ः