अलपत्र कबर्डहल निर्माणले लियो गति

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक २२ २០७७

बागलुङ नगरपालिका—१ बाङ्गेचौरमा निर्माणाधीन कवर्डहल निर्माणले गति लिएको छ ।
निर्माणमा अगुवाइ गर्ने केही युवाको सक्रियताले वर्षौदेखि अलपत्र तेक्वान्दोको कवर्डहल निर्माणको अन्तिम चरणमा पुगेको हो । सत्र वर्षदेखि अलपत्र भवनले बन्दाबन्दीमै गति पाएको तेक्वान्दो सङ्घका सचिव परशुराम बोहोराले बताउनुभयो ।
तेक्वान्दो सङ्घको अगुवाइमा निर्माण भएपनि यो ‘इनडोर खेल’का लागि उपयोगी भएको उहाँको भनाई रहेको छ । सङ्घले पनि मार्सल आर्टका सबै खेल यो कबर्डहलमा खेलाउन सकिने बताएको छ ।
बन्दाबन्दीमा सङ्घका पदाधिकारी नियमित खटिएर भवन बनेको र प्यारापिट निर्माण भैरहेको उहाँले जानकारी दिनुभयो । ड्रेसिङ रुम र शौचालय तथा रङ्गरोगनका लागि थप २० लाख खर्च लाग्ने अनुमान गरि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा जानकारी