जिल्ला आर्युेवेदिक औषधालय बागलुङको अध्यक्षमा घिमिरे

पर्वत, म्याग्दीम, मुस्ताङक्रमशः भवानी शर्मा, जिवन विश्वकर्मा र जितेन्द्र शेरचननियुक्त
धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
बुधबार, भाद्र १០ २០७७

जिल्ला आयूर्वेदिक औषधालय बागलुङको अध्यक्षमा राजिव घिमिरे चयन हुनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले घिमिरेलाई बागलुङको अध्यक्षमा नियुक्त गरेको हो ।

गण्डकी सरकारले निर्माण गरेको व्यवस्थापन समिति गठन सम्बन्धि कानूनबमोजिम आर्युेवेदिक औषधालयको अध्यक्षमा बागलुङको बडिगाड गाउँपालिका निवासी घिमिरेलाई नियुक्त गरेको हो ।

नवनियुक्त घिमिरेले आर्युेवेदिक औषधालयको क्षमता र विश्वसनीयतामा थप वृद्धि गर्ने गरी काम गर्ने बताएका छन् । घिमिरे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका जिल्ला नेतासमेत हुनुहुन्छ ।

यसैबीच, गण्डकी प्रदेशसामाजिक विकास मन्त्रालयले जिल्ला आर्युेवेदिक औषधालय पर्वतको अध्यक्षमा भवानी शर्मा, म्याग्दीको अध्यक्षमा जीवन बिश्वकर्मा र मुस्ताङको अध्यक्षम जितेन्द्र शेरचनलाई नियुक्त गरेको छ ।