डायलासिस सेवाको मुख्यमन्त्री गुरुङ्गद्धारा उद्घाटन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन २६ २០७७

पर्वत अस्पतालमा शुरु भएको मृगौलाको निशुल्क डायलासिस सेवाको गण्डकी प्रदेशका मुख्या मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्नुभएको छ ।
मृगौलाका बिरामीहरुको उपचारलाई सहज बनाउनका लागि शुरु गरिएको सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहका जनताको पहुँचमा पु¥याउने गरि काम गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभाबकारी बनाउन जनशक्ति ब्यबस्थापन र भौतिक पुर्वाधार बिकासको काम अगाडि बढेको जानकारी दिनुभयोे । प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लामा स्वास्थ्य सेवा आधारभूत जनताको पहुँचमा पु¥याउन गण्डकी प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
सामाजिक बिकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेस सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरि सेवा र पुर्वाधार बिकासको काम गरिरहेको बताउनुभयो ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आइतबार बेनी अस्पतालमा सञ्चालित हेमोडायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश राजधानीमा सरुवा र बालरोग अस्पताल सञ्चालन गरिसकेको जानकारी दिदै शिक्षण र क्यान्सर अस्पताल खोल्ने तयारीमा भएको बताउनुभयो ।
विपन्न नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन उनिहरुको यसै आर्थिक वर्षबाट स्वास्थ्य बिमाको ब्यवस्था गरेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले पहिरोपिडितको आवास पुननिर्माण र जोखिमयुक्त बस्ति स्थानान्तरण गरिने बताउनुभयो ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले बेनी, पर्वत र स्याङ्जा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गरेको जानकारी गराउनुभयो । मनाङ र मुस्ताङमा तीन÷तीन तथा प्रदेशका अन्य नौ जिल्लामा भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापना गरेर सेवा सुरु गर्न लागिएको बताउनुभयो ।