जीतन भाई श्रीसको मौलिक तीज गीत ‘चरी भरर’ सार्वजनिक (भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन १४ २០७७

कलाकार जीतनभाई श्रीसले आफ्नो नयाँ सांगीतिक कोशेली ‘चरी भरर’ बजारमा ल्याएका छन् । हरीतालिका तीजलाई लक्षित गरेर मौलिक तीज गित बजारमा आएको हो ।

युट्युव च्यानल मार्फत बजारमा आएको गीत धेरै दर्शक स्रोताको नजरमा परेको छ । कामको शिलशिलामा दक्षिण कोरीयामा रहेका श्रीसले मौलिक लय तथा शव्दमा बनेको गीत बजारमा ल्याएको बताएका छन् ।

श्रीसको उत्कृष्ट लय तथा शव्द रचनामा गायक शितल गुरुङ र चर्चित गायीका अमृता नेपालीको सुमधुर स्वर भरेका छन् । गीतको म्युजिक भिडियो जीतन भाई श्रीसको अफिसियल युट्युव च्यानलमा रिलिज भएको हो ।

नोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह–निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा चर्चित मोडेल सारिका केसी, महेन्द्र गौतम, सारदा गिरी –काली आमा) लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=oP_j3Byyke8&feature=youtu.be&fbclid=IwAR1hW8htdQbA4RDtCiQTYm0Kq3FmSsdBo2Y0n4LyYRwTtqSY3dj5PuKlgho