द मौलिक नृत्यको विजेता गुराँश बिद्या सदन

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन १३ २០८१

बागलुङमा सम्पन्न ‘द मौलिक’ नृत्य प्रतियोगितामा गुराँश बिद्या सदन बागलुङ बिजयी भएको छ ।
नेपाल सांस्कृतिक नृत्य समुहको आयोजनामा भएको साबिक धौलागिरी अञ्चलको माध्यामिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा गुराँश बिद्या सदनले उत्कृष्ट प्रस्तुती दिएर बिजय भएको हो ।
९ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा फ्युचर ब्राइटर बोडिङ स्कुल द्धितीय र न्यु ओयसिस एकेडेमी तृतीय भएको दिलिप प्रतेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम भएको गुराँश बिद्या सदनले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
द्धितीय भएको फ्युचरले ३० हजार र तृतीय भएको न्यु ओयसिसले २० हजार रुपैयाँ प्राप्त गरेको समुहका अध्यक्ष रोशन राम्जाली मगरले बताउनुभयो । नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्देश्यका साथ नृत्य प्रतियोगिताको गरिएको सचिव शुसिल काउचा मगरले बताउनुभयो ।
बागलुङ नगरपालिक वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलको प्रमुख आतिथ्यता, समुहका अध्यक्ष रोशन राम्जालीको अध्यक्षता र सचिव सुशिल काउचाको संचालनमा सम्पन्न भएको थियो ।