तीज गीत ‘बैनी बरीलै’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन ८ २០७७

चार्डपर्वमा माईत आउन नपाएका चेली र उनीहरुलाई पर्खिएका माईतीको व्यथा समेटिएर तयार गरिएको तीज गीत ‘बैनी बरीलै’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको स्वर रहेको तिज गीत ‘बैनी बरीलै’ बाबु कृष्ण परियारको अफिसियल युवटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
वन डीबी एचडी स्टुडियोमा रेकर्ड गरिएको गीतको शब्द सरोज आचार्य, गायक परियारको लय, एरेन्जर सुनिल परियार, रेकर्डिङ गोविन्द पराजुली र मिक्सिङ एचबिएन किस्मत गरेका छन् ।

तीजमा माईत आउन नपाएका चेलीहरूलाई पर्खिएका माईतीको व्यथामा समर्पित भिडियोमा बागलुङका कलाकार तथा निर्देशक देवेन्द्र बल्लु, रोशनी कार्की, विशाल घिमिरे, श्याम मल्ल र खेम बाले अभिनय, सम्पादन प्रविण भट्ट छायांकन करण चैसिर र देवेन्द्र बल्लुको निर्देशन रहेको छ ।