पुर्णिमा र समितको तिज कोसेली ‘सारी मै राम्री नेपाली नारी’ (भिडियोसहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन ५ २០७७

 

नेपाली नारीहरुको महान् पर्व हरितालिका तिज नजिकै गर्दा गायिका पुर्णिमा कोइराला र गायक समित परियारले तिजी गीत ‘सारी मै राम्री नेपाली नारी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

बुढासुब्बा म्युजिक डिजिटलको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको गीतमा गायिका कोइरालाको शब्द, मिलन सिलवाल र राजु थापाले संगीत भरेका छन् ।

मालश्री स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्यूजिक एरेन्जरमेन्ट गायक समित परियार, रेकर्ड बिमल छिनाल र राजेन्द्र बाजुराली तथा मिक्सिङ खड्क बाजुरालीको रहेको छ ।

चर्चित मोडल शंकर बि.सी. र रबिना भण्डारीको अभिनय रहेकोे भिडियोमा छायाँकन दुर्गा पौडेल, सम्पादन नबिन घर्ति र निर्देशन शंकर बि.सी.को रहेको छ ।

पुरा भिडियो हेर्नुहोसः

https://www.youtube.com/watch?v=N5U4rnQSTng&feature=share&fbclid=IwAR0Rvs8Y94n4pM47v1o_zkk6rLdGgLqL_EjzMtEKrQQzYdhn-WgVTwL9yZ8