अंग्रेजी नयाँ वर्ष २०१९ बागलुङमा सास्कृतिक कार्यक्रम गर्दै मनाईने

पर्यटकलाई १०१ मा होटलको कोठा
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष १५ २០७५

बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने पर्यटन केन्द्रको प्रचार प्रसार गर्ने उदेश्यले नयाँ बर्ष २०१९ को पूर्व सन्ध्यामा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई १०१ मा कोठा उपलब्ध गराइने भएको छ ।

बागलुङ पर्यटन विकास समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरेर पर्यटन लाई केन्द्रीत गरेर नयाँ बर्ष २०१९ भब्य रूपमा बागलुङ मै सांगेतिक कार्यक्रम गरेर मनाउने निर्णय गरेकोे समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । अंग्रेजी नयाँ बर्ष मनाउन युवा पुस्ता पोखरा जाने प्रचलन छ, उहाँले भन्नुभयो, त्यो क्रम रोक्न र बाहिरि जिल्लाका युवाहरुलाई समेत जिल्ला भित्राउन नयाँ अफर सहित नयाँ बर्ष बिशेष कार्यक्रम सहित मनाउन लागिएको हो ।

पर्यटन समितिको पहलमा होटल ब्यबसायी समितिको सहकार्यमा पुस १६ गते १०० वटा होटलका कोठाहरू १०१ रूपैयाँमा उपलब्ध गराउने निर्णय गरेर पर्यटक तान्ने नयाँ उपायको खोजी गरेको पर्यटन बिकास समितिका सचिव अर्जुन चोखालले बताउनुभयो ।

पर्यटन बिकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव अर्जुन चोखालले गर्नुभएको थियो ।