भाइरस बनाउ चाइना सार्वजनिक (भिडियो सहित)

असिम चन्द्र विश्वकर्मा, बागलुङ / प्रकाशित मिति :
सोमबार, जेष्ठ १२ २០७७

बागलुुङका गायक तथा हास्य कलाकार रामु बिरहीको नयाँ गित भष्ट्रचारीलाई भाइरस बनाउ चाइना सार्वजनिक भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध भागोस् कोरोना गीतले निकै चर्चा कमाए सगै कलाकार रामु बिरहीको भाग २ “भष्ट्रचारीलाइ भाइरस बनाउ चाइना” गीत भर्खरै युट्युव च्यालन मार्फत बजारमा आएको छ ।
बागलुङ्ग निसीखोला गाउँपालिका १ पाखापानीमा जन्मनु भएका गायक तथा हास्यकलाकार बिरहीले साथीभाई लाइभ दोहोरी युट्युव च्यालन मार्फत उक्त गीत सार्वजनिक गर्नु भएको हो । ब्याङग्त्यामक गीत भ्रष्ट्रचारीलाइ भाइरस बनाउ चाइना गितमा देशमा भैरहेको राहत बितरणमा बिभेद देखी लिएर समाजका हरेक पक्षलाइ समेटिएको छ ।
भागोस कोरोना मार्फत विवादमा तानिएका रामु विरहीले विगत आठ वर्ष अगाडि जिन्दगीको गुरु गीतबाट सांगीतिक क्षेत्रमा पाईला टेक्नुभएको थियो । विरही अहिले आफ्नै कम्पनी पनि साथीभाइ डिजिटल म्यूजिक प्रालिका प्रबन्ध निर्देशक भइसक्नु भएको छ ।
रामु विरही को निर्देशन मा रहेको उक्त गीत मा चित्र जक्तपुरीको छायांकन रहेको छ । शब्द संगीत पनि आफै विरहीको रहेको छ भने एरेन्ज सञ्जय श्रीपालको रहेको छ । गीतमा मुस्कान क्षेत्री, असिम चन्द्र बिश्वकर्मा, रोशन बिश्वकर्मा, सन्जय सुनार, भुलमाया मगर र स्वयम कलाकार रामु बिरहीको पनि अभिनय रहेको छ । गितको अडियो भिडियो साथीभाइ लाइभ दोहोरी युट्युव च्यानलबाट हेर्न सक्ने बिरहीले बताउनुभयो ।

भिडियो हेर्नुहोस्ः