संक्रमति युवतीलाई मुख्यमन्त्रीको सुझावः धेरै पानी पिउनु

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र २८ २០७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस संक्रमित बागलुङकी–१९ वर्षिया युवतीको स्वास्थ्य अवस्थाबारे टेलिफोन मार्फत जानकारी लिनुभएको छ ।
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वाडमा उपचाररत बागलुङ कुँडुलेका १९ बर्षिया युवतीसंग विहिवार दिउसो टेलिफोनमा कुरा गर्नुभएको हो ।
उहाँले कोरोना भाइरसको लक्षणहरु भए नभएको जानकारी लिदै युवतीलाई नआत्तिन आग्रह गर्नुभएको थियो । आफुले अस्पतालका डाक्टरहरुसंग नियमित टेलिफोनमा कुरा गरेको जानकारी गराउदै अलि बढि तातोपानी खान सुझाव दिनुभएको थियो ।
युवतीले मुख्यमन्त्रीलाई आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएकी थिईन् । उनले डाक्टरहरु आफ्नो कोठामा नआईकन टेलिफोनबाट मात्र सोधपुछ गर्ने गरेको जानकारी गराएकी थिइन् । उनी नेपालकै पाँचो संक्रमित युवती हुन् ।
धौलागिरि अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने संक्रमित युवतीलाई भेट्न चिकित्सक नियमित जाने गरेको दाबी गर्नुभयो । ‘पीपीई लगाएर गएकाले उनले नचिनेको होला’ डा. पोखरेलले भन्नुभयोे ।
कतार एयरवेजको विमानबाट चैत ४ गते आएकी उनको थ्रेट परिक्षणको रिपोर्टमा संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पतातका आइसोलेसन वाडमा उपचार भइरहेको छ ।