भजन प्रतियोगीतामा अमर माबि प्रथम

भिमपोखरामा आयोजना गरिएको भलिबल प्रतियोगीताको उपाधी काठेखोला–७ रेशलाई
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन ११ २០७६

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा आयोजना गरिएको दोस्रो राष्ट्रिय लोक भजन प्रतियोगितामा अमर मावि भजन कृतन समुह प्रथम भएको छ ।
प्रतियोगितामा जैमिनी भजन कृतन समुह द्धितिय, कालिका भजनकृतन समहु तृतीय र लामखुम भजन समुह सान्तवना भएको स्थानीय भरत सापकोटाले जानकारी दिनुभयो ।
त्रिपुरेश्वर महादेवको मन्दिरको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार रुपैँया प्रदान गरिएको थियो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा पाँच क्विन्टल तौल बराबरको शिवलिङ्ग रहेको छ । रामकोट मन्दिरमा श्रावण महिना, शिवरात्री, अक्षय तृतीया तथा हरेक वर्षको जेठ ११ गते रथयात्राका साथ विशेष पूजाआजा हुने गर्छ ।
मध्यपहाडी लोकमार्गको बिहुँ खण्डदेखी ५ सय मिटरको दूरीमा घना जङ्गलको बीचमा रहेको मन्दिर उत्खननका क्रममा भेटिएका ऐतिहासिक वस्तु बसाहा, करुवा, कलश जलधारा, ताउला लगायतका वस्तुले मन्दिरको इतिहास लामो भएको झल्काउने मन्दिरका पुजारी हरिहरानन्द सरस्वतीले बताउनुभयो । २०२९ सालमा स्वामी श्रीपरमानन्द सरस्वती महाराजको अगुवाईमा धान्याञ्चल सञ्चालन गरी यस स्थानमा मन्दिर निर्माण गरिएको थियो ।
जिर्ण बनेको उक्त शिव मन्दिरलाई विभिन्न समयमा धान्याञ्चल सञ्चालन गर्दै २०६८ सालमा प्यागोडा शैलीको शिव मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरमा अहिले २ वटा सत्तल, सन्त निवास लगायतका संरचनाहरु निर्माण भैरहेका छन् ।
२०६७ साल देखि हाल सम्म २ करोड ५५ लाख ४२ हजार बढी आम्दानी र २ करोड ४३ लाख २ हजार बढी खर्च भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष थानेश्वर कँडेलले जानकारी दिनुभयो ।
यसैबीच, बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा महाशिवरात्रीको अवसरमा आयोजित भलिबल प्रतियोगीताको उपाधी काठेखोला–७ रेशले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा भीमापोखरा खेलकुद विकास समितिलाई ३–० सेटमा पराजित गर्दै महाशिवरात्री भलिबल प्रतियोगीताको उपाधी जितेको हो । उपाधीसँग रेशले नदग ५६ हजार प्राप्त गरेको छ भने उपविजिेता भीमापोखराले ३० हजार रुपैयाँ प्राप्त गरेको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका पूर्वध्याक्ष प्रेम केसीले जानकारी दिनुभयो ।
सो अवसरमा कलाकार जीवन विश्वकर्माको पहिलो आधुनिक गित ‘बिर्सिएर’ सार्वजनिक गरिएको थियो । काठेखोला गाउँपालिका–२ भीमापोखरा सिम घर भएका विश्वकर्माको गित काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले सार्वजनिक गर्नुभएको थियो ।