आश्रमको सहयोगार्थ बागलुङमा सांगितिक साझको आयोजना

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन ६ २០७६

मानव सेवा आश्रम बागलुङको सहयोगका लागि बागलुङमा सांगीतिक साँझ गरिने भएको छ ।

गल्कोट युथ क्लब बागलुङले सोमबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १० गते बागलुङमा सांगीतिक कार्यक्रमको आयोजना गरेको जानकारी गराएको हो ।

मानव सेवा आश्रम संचालनका लागि सहयोग पु¥याउने उदेश्यले सांगीतिक साझको आयोजना गरिएको गल्कोट युथ क्लबका सदस्य प्रकाश कार्किले जानकारी दिनुभयो । कार्यक्रम संचालनका लागि ५ सय का १ हजार टिकट वितरण गर्ने कार्यक्रम रहेको कार्किले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न क्षेत्र बाट सहयोग जुट्ने अपेक्षा गरिएको गल्कोट युथ क्लबले जनाएको छ । बागलुङ बजार स्थित होटल ब्राउन आईजमा संचालन हुने कार्यक्रममा कलाकारहरु बिष्णु खत्री, बसन्त थापा, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल, जिवन साहनी, दुर्गेस थापा, थानेश्वर गौतम र ईश्वर सिहं ठकुरी लगायतले सांगितिक प्रस्तुति दिने आश्रमका सदस्य शिव केसीले जानकारी दिनुभयो ।

अपरान्ह ३ बजे देखी राति १० बजेसम्म हुने कार्यक्रममा करिब २० मिनेट लौरो नाटक र १ घण्टा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको मोटिभेशन तालिम रहने केसीले बताउनुभयो । कार्यक्रम बाट संकलित रकम सबै मानवसेवा आश्रम लाई हस्तान्त्रण गरिने आयोजकले बताएका छन् । सबैको साथ र सहयोगले आश्रम संचालनमा सहज भएको आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो ।

मानविय संवेदना संग जोडिएको आश्रम संचालनार्थ हुने सांगीेतिक कार्यक्रम लाई सफल र भव्य रुपमा संचालन गर्नका लागि सबै तिर बाट सहयोग हुनुपर्ने आश्रमका सदस्य एबं अधिवक्ता राम शर्माले बताउनुभयो ।