पर्वत महोत्सव भव्यताका साथ सुरुवात

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
शुक्रबार, माघ १០ २០७६

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले उद्योगधन्दा मार्फत मुलुकमा समृद्धि ल्याउनुपर्ने बताउनुभएको छ ।
विहिबारदेखि पर्बतमा शुरु भएको समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सव–२०७६ को उद्घघाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनु भएको हो ।
उहाँले उद्योग धन्दा बिना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह समेत गर्नूभयो । उहाँले जिल्लामा एक गाउँपालिका एक उद्योग स्थापना गर्ने उदेश्यका साथ प्रदेश सरकारले त्यस्ता क्षेत्रको पहिचान गर्ने र उद्योग स्थापना गराउने बतावरण बनाउने गरेको बताउनुभयो ।
तिमिल्सिनाले पर्बतमा रहेका बिभिन्न पकेट क्षेत्रहरुलाई जोनको रुपमा अगाडि बढाउँदै उत्पादनमा सुधार ल्याउने गरि योजना अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकासको लागि संघ, प्रदेश र स्थानिय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताउँदै विकासका लागी सक्दो पहल गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले अबको तिन बर्ष भित्र जिल्लाका सबै पालिकाका वडाहरु भित्र कालोपत्रे सडक पुग्ने बिश्वास दिलाउँदै सबैलाई ढुक्क भएर कृषि क्षेत्रमा लगानि बढाउन आग्रह गर्नुभयो । कृषी क्षेत्रको बिकासको लागि कृषकहरुलाई सरकारले दिने अनुदान अझै बढाउन आग्रह गर्न भन्दैै महोत्सबले यस क्षेत्रको प्रबर्धनमा सहयोग पुग्ने धारण राख्नु भएको थियो ।
पर्बत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिदै पर्बत सहमतिको जिल्ला भएको बताउनुभयो ।
महोत्सवको मुल समारोह शुरु हुनु अघि बिभिन्न झाकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रम उद्योग बाणिज्य सघं पर्बतका अध्यक्ष तथा महोत्सब मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता तथा उद्योग बाणिज्य सघं पर्बतका महासचिब गणेश लामिछानकोे सञ्चालनमा सम्पन्न भएको थियो ।