लोकताराको पहिलो अडिसन सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ ४ २០७६

लोक गायनमा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ बागलुङको काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबल एवं सांगीतिक प्रतियोगीता अन्तर्गत गायन विधामा छनौट प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिका स्तरिय प्रथम काठेखोला लोकताराको पहिलो अडिसन शुक्रबार सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाका भित्रका ४२ जनाले सहभागिता लिएको पहिलो अडिसनबाट २५ जना सहभागी दोस्रो चरणमा प्रवेश गरेको छन् ।
लोकतारा अडिसनको निर्णयकमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुुङका अध्यक्ष गणेश पौडेल र सुुरसाधना संगित विद्यालयका प्रशिक्षक सुुर्य घताने रहनुुभएको छ । काठेखोला गाउँपालिकाले नयाँ खेलाडी तथा सांगेतिक प्रतिभा पहिचान गर्न पहिलो पटक प्रतियोगीता आयोजना गरेको हो ।
काठेखोला लोकतारा ३ चरणमा सञ्चालन गरिने छ । पहिलो चरण काठेखोला गाउँपालिकाको सभाहलमा सम्पन्न भएको भने दोश्रो चरण काठेखोला– ६ को सभाहल र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगिहरुको प्रतिस्प्रर्धा धम्जा देउरालीमा सञ्चालन गरिनेछ । लोकतारा विजेतालाई ३० हजार फष्ट रनरअफलाई २० हजार, सेकेन्ड रनरअपलाई १० हजार र सान्त्वना ४ जनालाई दुई हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिकाले सुुरु गरेको लोकतारा प्रतियोगीताले गायनमा क्षमता भएको प्रतिभाले राष्ट्रिय स्तरको कलाकार जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम काठेखोला लोकताराका संयोजक विक्रम शर्माको अध्यक्षता, काठेखोला गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत खिमबहादुुर विकको स्वागत र गाउँपालिकाका कला संस्कृति तथा खेलकुुद विकास समितिका सदस्य सचिव मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।