गण्डकी प्रदेशका महिलाउद्यमी र कृषकलाई निशुल्क स्टल

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
शुक्रबार, माघ ३ २០७६

पर्वत महोत्वसवमा गण्डकी प्रदेशका महिला उद्यमी र कृषकहरुलाई निशुल्क स्टलको व्यवस्था गरिने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक व्यापार मेलामा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराउने भएको हो ।
गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निशुल्क स्टल उपलब्ध गराइएको महोत्सबका आर्थिक संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशभित्रका महिला उद्यमी र कृषकहरुका लागि यो एउटा राम्रो अवसर भएको जानकारी दिदै उहाँले आफ्ना उत्पादन निशुल्क स्टलमा राखेर मुनाफा कमाउन सक्ने बताउनुभयो ।
गण्डकी प्रदेश भित्रका हरेक जिल्लामा साना उद्यमी महिलाहरुले स्थानिय कच्चा पर्दाथबाट तयार पारेका सामाग्री देखि कच्चा पर्दाथ ल्याएर घरमै बनाएका सामाग्रीहरु बिक्रीनहुने समस्या झेल्दै आएका छन ।
अल्लोबाट बुनेका कपडा, सुन्तलातथा बेलबाट बनेका जुस, उनीकाझोला, कपडाहरु, साबुन देखि धेरै सामाग्रीहरुको बजार प्रर्बद्धन र प्रत्यक्ष फाइदा लिन सकिने ठाउँको रुपमा महोत्सबलाई अघि सारिएको मुल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।
गण्डकी प्रदेश भित्रका कृषकले उत्पादन गरेका सुन्तला, मह, माछा देखि तरकारी र अन्य उत्पादन पनि निशुल्क रुपमा बिक्री गर्न स्टल उपलब्ध गराइने छ । महिला उद्यमी र कृषकलाई १५÷ १५ वटाका दरमा स्टल उपलब्ध हुने भएका छन । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा स्टल उपलब्ध गराइने अध्यक्ष शर्माले जानकारी दिनुभयो । अघिल्ला महोत्सबहरुमा कृषक र महिला उद्यमीहरुलाई बढीमा ४÷ ५ वटा मात्रै स्टल उपलब्ध हुँदै आएका थिए ।
महोत्सबमा झण्डै २ सय स्टल रहने भएका छन । स्टल बुकिङ्गको काम भैरहेको आयोजकले बताएका छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।
महोत्सब आउन एक हप्ता बाँकी रहेको अबस्थामा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन । महोत्सवनिर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सकिएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा लामो समयदेखि अलपत्र बनेको खेल मैदान तथा महोत्सव स्थलको निर्माण कार्य पुरा भएको हो ।