आठौँ माघे संक्रान्ति मेला सम्पन्न

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, माघ ३ २០७६

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले बेनीमा आयोजना गरेको आठौ माघे संक्रान्ति मेला सांस्कृतिक साथै कृषि मेला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गर्दै सम्पन्न भएको छ ।
२७ जना सहभागि भएको छेलो फाल्ने प्रतियोगितामा जलजला गाउपालिका–४ खोलाखेतका निशान बोहोरा बिजयी हुनु भएको छ । मेलामा आयोजित नेपाल भ्रमण वर्ष २०७६ विषयक खुल्ला लोक गित प्रतियोगितामा बिजय नेपाली प्रथम, खिमा पुर्जा दितृय र क्षत्री महिला समाज तितृय हुनु भएको छ ।
प्रथम, द्धितीय र तृतीयलाई क्रमशः दश हजार, सात हजार र पाच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । लोक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने आइसा केसी, रिया रोका, अनिषा विश्वकर्मा, सिन्दु पुन र अस्मीता थापाले क्रमश पाच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार जित्नु भएको छ ।
अन्धनिशानमा यामबहादुर नेपाली, कमला घिमिरे, आयुष शर्मा र टिकाराम रिजाल बिजयी हुनु भएको छ । पुरुषतर्फ लठो तान्ने प्रतियोगितामा प्रकाश सापकोटा नेतृत्वको बागलुङको टिम र महिलातर्फ राजकुमारी मल्ल बेनीको समूह बिजयी भएका छन् ।
मेलाको अवसरमा कृषि ज्ञान केन्द्रसंगको साझेदारीमा आयोजित कृषि मेला प्रर्दशनीमा सात वटा बिधामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई दुई हजार, एक हजार पाँच सय, एक हजार र सात सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।