मोडल अफ म्याग्दी प्रतियोगिता हुने

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, पुष २५ २០७६

स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ ।
किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो ।
विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई म्युजिक भिडियो, मिस्टर एण्ड मिस मोडेल इन्टरनेस्नल नेपालमा निशुल्क टे«निङ्ग दिईने र क्राउन, ट्रफि, नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिने किङ्गस्टार क्रियशन प्रा.लिका ब्यवस्थापक सुमन खड्काले जानकारी दिनुभयो ।