ढोरपाटनमा रक्तिम सांस्कृतिक अभियान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष २០ २០७६

प्रगतिशिल साँस्कृतिक मोर्चा रक्तिम साँस्कृतिक अभियानको ढोरपाटन नगर स्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले झक प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगर कमिटि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अविन महत, सचिवमा देवनारायण बुढा, सह सचिवमा ज्योति बुढा, कोषाध्यक्षमा मीनु विसी र अन्य सदस्यहरुमा निलम अदै, सुनिता पौडेल, बालिका खरेल र रेशम कुवँर रहनुभएको छ ।
कार्यक्रममा अभियानका गण्डकी प्रदेश उपाध्यक्ष सहवीन अर्गेजाले, ‘प्रगतिशील साँस्कृतिक अभियानलाई उचो राख्दै, शोषित, पीडित, गरिब तथा श्रमजीवी वर्गको वेदना समेटेर प्रगतिशील साहित्यिक रचनालाई गीत संगीत मार्फत अघि बढाउन अभियानले ठूलो महत्व राखेको बताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष राम सुवेदीले प्रगतिशिल साहित्य, सिर्जना, प्रगतिवादी चिन्तन, विचार र संस्कृतिको पक्षमा आफूलाई सहि तरिकाले उभ्याउने उपयुक्त थलो रक्तिम अभियानको संगठन भएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष दुर्गादेवी घर्ति, उद्योग व्यापार संघ ढोरपाटन नगर अध्यक्ष बोमबहादुर सुनार, जातीय समता समाज ढोरपाटन नगर सचिव बीर बहादुर विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका नगर सदस्य हिरा बहादुर खत्री, अखिल नेपाल युवाक संघका रेशम पुन, अखिल छैठौंका नगर अध्यक्ष विवश छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।