बागलुङ महोत्सवः शुक्रबार हास्य कलाकार जितु नेपालको साथमा अन्य राष्ट्रिय कलाकार प्रस्तुति

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष १८ २០७६

बागलुङ उद्योग बाणिज्य संघले संचालन गरेको छैठौ बागलुङ महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता र राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुती जारी रहेको छ ।

पुस ११ गतेदेखि संचालित महोत्वसको सातौँ दिनसम्म आइपुग्दा महोत्वसको आकर्षण खुल्ला दोहोरी गित प्रतियोगता र कलाकारहरुको प्रस्तुती पनि जारी रहेको छ । महोत्वसको सातौँ दिन बिहिवार भएको खुल्ला लोकदोहोरी गित प्रतियोगितावाट दुई समुह अघिल्लो चरण प्रवेश गरेका छन् ।

बिहिवार भएको प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लम्जुङलाई पराजित गरि सविन आचार्यको समुह र नेपाल साँस्कृतिक संघलाई पराजित गरि गोल्डेन गेट एजुकेशनल सेन्टर बिजयी भएका हुन् । प्रतियोगिता अन्तरगत शुक्रवार गोल्डेन गेट एजुकेशनल सेन्टर र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङका बिच प्रतिष्पर्धा हुने बताइएको छ ।

बिहिवार राष्ट्रिय कलकार बिमलराज क्षेत्री, सम्झना भण्डारी, दिपक खड्का, इश्वर सिं, रितु थापा र स्थानिय कलकारहरुको प्रस्तुती रहेको थियो भने शुक्रवार हाँस्य कलकार जितु नेपाल मुन्द्रे, चन्द्र शर्मा, कृष्ण अखेली, सरस्वती लामिछाने, सुस्मीता घर्ती मगरको प्रस्तुती रहने कलाकार संयोजक उमाकान्त शर्मा बावुले जानकारी दिनुभयो । महोत्सव २० गतेसम्म सचालन हुने आयोजकले जनाएका छन् ।