छैठौँ बागलुङ महोत्सवको सम्पूर्ण तयारी पुरा, सिंगारियो बागलुङ बजार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष ११ २០७६

छैठौँ बागलुङ महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ ।
‘कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु हुन गइरहेको प्रदेश नम्बर ४ स्तरीय महोत्सवको तयारी पूरा भएको हो ।
महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शुक्रबार विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको पूर्व सन्ध्यामा बागलुङ बजार सरसफाई समेत गरिएको छ । बागलुङ बजारका चोक–चोकमा स्वागत गेट, तुल व्यानर राखिएको छ । पुस ११ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवका लागि भौतिक संरचना निर्माणका काम सकिएको छ भने २ सय वटा स्टल बुकिङ भैसकेको छ ।महोत्सवमा २ सय २० स्थल रहेको उद्योग वाणिज्य संघ बागलुुङका महासचिव नरेश कँडेलले जानकारी दिनुुभयो ।
महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको सांगितिक प्रस्तुती रहेको छ । छैठौ बागलुुङ महोत्सवमा मौलिक संस्कृतिका गीत तथा नृत्यहरु (साँस्कृतिक झाँकी) प्रदर्शन, विभिन्न जातजातीको भेषभुषा प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने महासचिव कँडेलको भनाई छ ।
महोत्सवमा खुुल्ला पुुरुष भलिवल, लोक दोहोरी गित प्रतियोगिता, अन्धानिसान प्रतियोगिता, धनुुषबाण प्रतियोगिता लगायत मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुुभएको छ ।
महोत्सवमा प्याराग्लाइडिङ, हेलिकोप्टर सयरको व्यवस्थापन गरिएको छ । भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरूमा स्वागत गर्ने कार्यक्रम छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा सञ्चालन हुँदै छ ।