प्रथम वर्षका विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत

खुल्ला नृत्य प्रतियोगितामा निशा घर्ति मगर प्रथम / प्रकाशित मिति :
शुक्रबार, मंसिर २७ २០७६

धवलागिरी बहुुमुुखी क्याम्पसमा नवआगन्तुुक प्रथम वर्षका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले स्वागत गरेको छ ।
विहिवार नेपाल विद्यार्थी संघ क्याम्पस इकाईले धवलागिरी बहुुमुुखी क्याम्पसमा प्रथम वर्षमा विभिन्न संकायमा अध्यापन गर्न आएका विद्यार्थीहरुलाई स्वागत तथा लोक नृत्य प्रतियोगिता आयोजना गरि स्वागत गरेको हो ।
नेविसंघले आयोजना गरेको खुुल्ला नृत्य प्रतियोगितामा निशा घर्ति मगर प्रथम, एशिमा श्रीस मगर द्धितिय र यमुुना पुुन मगर तृतिय हुनुभएको थियो । विद्यार्थी स्वागत तथा लोकनृत्य कार्यक्रममा बोल्दै नेपाली काग्रेस बागलुुङका पार्टी सभापति दिपेन्द्रबहादुर थापा मगरले विद्यार्थीहरु शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रसर हुुनुुपर्नेमा जोड दिनुुभएको छ ।
कार्यक्रममा क्षेत्रीय पार्टी सभापति चिरञ्जिवी गौतम, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुुढा मगर, धवलागिरी बहुुमुुखी क्याम्पस प्रमुुख डाक्टर रामप्रसाद उपाध्याय, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापा मगर,महिला संघ बागलुुङका अध्यक्ष शकुुन्तला शर्मा , धवलागिरी बहुुमुुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युुनियनका अध्यक्ष मनिष थापा मगर लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम नेपाल विद्यार्थी संघ क्याम्पस सभापति दिनेश पन्तको अध्यक्षता, सचिव दिपक सुुवेदीको स्वागत र महिला सचिव सुुरक्षा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।