सबै गाउँबस्तीको बिकास गर्नु हो ः मन्त्री गुरुङ

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर २६ २០७६

बागलुङको गल्कोट नगरपालिका–११ रिघामा रहेको रत्नलक्ष्मी माविको ६० औं बार्षिकोत्सव तथा हिरक महोत्सबको विहिबारदेखि मनाउन सुरु गरिएको छ ।
महोत्सबको उद्घाटन गदैं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सबै तहका सरकारहरुले शिक्षाको गुणस्तर बृद्धि गर्नको लागि सामुहिक प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो ।
उहाँले विद्यालयमा भौतिक संरचना अभाबले शिक्षा लिनबाट बञ्चीत हुने अबस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गुरुङ्गले रत्नलक्ष्मी माविको लागी आबश्यक ८ कोठे भवन सहित आवश्यक सबै सहयोग गर्न गण्डकी सरकार तयार रहेको बताउनुभयो ।
उहाँले कृषिमा आधुनिकीकरण, अनुदानको ब्यबस्था, उद्यमशिलताको कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको बताउदैं गुणस्तरीय स्वास्थ्य सेवाको लागी बिशेष योजनाहरु सञ्चालन गरि आम नागरीकको उपचारको ब्यबस्था मिलाएको बताउनभुयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सभा सदस्य चन्द्र बहादुर बुढा मगर सागर, प्रदेशका सांसद खिम बिक्रम शाहि, प्रदेश नम्बर ५ की सांसद कमला बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री नेपाल कम्युनिष्ट पार्टिका बागलुङ जिल्ला ईन्चार्ज बलावति शर्मा नेपाली कांग्रेस बागलुङका सभापती दिपेन्द्र बहादुर थापा, शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुष्मराज उपाध्यय,गलकोट नगरपालिका वडा नम्बर ११ का बडा अध्यक्ष डम्मर श्रीस,गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत पदमराज आचार्य गलकोट माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर खत्री लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सो अबसरमा बिद्यालयको भौतिक संरचना निर्मार्णको लागी बिशेष बजेटको माग सहितको ज्ञापन पत्र मन्त्री गुरुङलाई हस्तान्तरण गरिएको थियो ।