बागलुङ क्षेत्र २ (ख) मत परिमाणः बाम ४४१ मतले अगाडि

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा वाम गठबन्धनले अग्रता लिएको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले ३ हजार ९ सय ७५ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले ३ हजार ५ सय ३४ लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले १ सय ४५, स्वतन्त्र–क्लिप चिन्हमा ५४ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी १७, राप्रपा संयुक्तले १३, संघीय लोकतान्त्रिक राष्ट्रिय

मञ्च ३, राष्ट्रिय जनमुक्ति पार्टीले १०, मंगोल नेशनल अर्गनाइजेशन २ लिएको छ भने १३४ मत बदर भएको छ ।
अहिलेसम्म ७ हजार ७ सय ५३ मत गणना भएको छ ।