बागलुङ क्षेत्र २ (ख) मत परिणाम: बाम ३४५ मतले अगाडि

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा वाम गठबन्धनले अग्रता लिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमाखसेको मतगणना गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले २ हजार ९ सय ६४ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले २ हजार ६ सय २९ लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले १ सय ३१, स्वतन्त्र–क्लिप चिन्हमा ४८ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी १५, राप्रपा संयुक्तले ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, राष्ट्रिय जनमुक्ति पार्टीले ६ लिएको छ भने १०७ मत बदर भएको छ ।