बागलुङ क्षेत्र २ ख मत परिमाणः बामको अग्रता सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १५ २០७६

शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यको लागि मतगणना जारी छ । अहिलेसम्म ढोरपान नगरपालिका–१ र २ तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ ।

तीन वडाको मतगणना गर्दा सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई पछि पार्दै साझा बाम उम्मेदवार खिम बिक्रम शाही अघि लागेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका जीत शेरचनले २ हजार ४३ मत प्राप्त गरेका छन्भने साझा बाम उम्मेदवार खिमबिक्रम शाहीले २ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा रहेका तीन पालिका मध्ये तीनवटैको एक नम्बर वडाको मतगणना सकिएर दुई नम्बर वडाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा खसेको कुल २१ हजार ४ सय मत मध्ये अहिले सम्म ४ हजार ४ सय २७ मत गणना भएको छ ।