बागलुङका ७ जना लोकदोहोरी प्रतिष्ठानमा बिजयी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर १០ २០७६

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिमा बागलुङबाट ७ जनाले प्रतिनिधीत्व गरेका छन् ।
प्रतिष्ठानको पोखरामा सम्पन्न ७ औ महाअधिवेसनमा बागलुङवाट ९ जनाले उमेदवारी दिएकोमा ७ जना बिजयी हुन सफल भएका हुन् ।
प्रतिष्ठानको सचिवमा बसन्त थापा, महिला सदस्यमा जुना श्रीस, केन्द्रिय सदस्य खुल्ला तर्फ देवि घर्ती, प्रकाश सपुत, युवराज थापा र भुगोल गण्डकी तर्फ तारानाथ आचार्य बिजयी हुनु भएको हो । बिदेश बिभागवाट जापानमा कार्यरत गायक रामकृष्ण बममल्ल बिजयी हुनु भएको छ ।
बागलुङवाट उमेदवारी दिनु भएका अध्यक्षका प्रतिष्पर्धी बिष्णु खत्री र भुगोल गण्डकी तर्फका उमेदवार कृष्ण अखेली भने पराजित हुनु भएको छ । अध्यक्षका प्रतियासी खत्रीले ५ सय ४५ मत प्राप्त गर्नु भएको थियो भने बिजेता रमेश बिजीले ५ सय ८४ मत प्राप्त गर्नु भएको थियो । खत्री ३९ मत अन्तरले पराजित हुनु भएको थियो ।
७ जना खुल्ला सचिव पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो । सचिवमा बिजय थापाले ५ सय ९० मत प्राप्त गर्नु भएको थियो । महिला सदस्य तर्फ ७ जनाको लागि १० जनाको बिचमा भएको निर्वाचनमा जुना श्रीसले ७ सय ८९ मत प्राप्त गरि बिजयी हुनु भएको हो ।
१२ जना खुल्ला सदस्यका लागि २० जनाको बिचमा भएको निर्वाचनवाट बागलुङकी देवी घर्तीले १ हजार १४, प्रकाश सपुतले ७ सय ८५ र युवाराज थापाले ५ सय २५ मत प्राप्त गरि बिजयी हुनुभएको थियो । भुगोल गण्डकी तर्फ १ जनाका लागि ४ जनाका बिचमा भएको निर्वाचनवाट तारानाथ आचार्य ३ सय ९७ मत प्राप्त गरि बिजयी हुनु भएको हो । अर्का प्रतियासी कृष्ण अखेलीले १ सय ९४ मत प्राप्त गर्नु भएको थियो ।
बिदेश बिभागवाट २ जनाको लागि ३ जनाबिच भएको निर्वाचनमा जापानमा कार्यरत गायक रामकृष्ण बममल्लले ७ सय ६७ मत प्राप्त गरि बिजयी हुनु भएको हो । १ हजार ३ सय ४८ जना मतदाता रहेको प्रतिष्ठानको महाधिवेसनमा १ हजार १ सय ३७ मत खसेको थियो ।