महोत्सवबाट संकलित रकमले अक्षयकोष स्थापना गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर ४ २០७६

बागलुङ उद्योग वाणिज्य संघ बागलुङले विभिन्न अक्षयकोष स्थापनाको घोषणा गरेको छ ।
आगमी पुस ११ देखि २० गतेसम्म बागलुङमा आयोजित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सवबाट बचत हुने रकमबाट अक्षयकोष तथा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेको छ ।
महोत्सवबाट हुने आम्दानीले उद्योग वाणिज्य संघमा रहने गरी धौलागिरी बहुमुखी क्याम्पसमा ५ लाखको शैक्षिक कोष र २ लाख २२ हजार २ सय २२ रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार कोष’ स्थापना गर्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।
संघले ‘मानव रहित सडक, हाम्रो अभियान’ को लागि मानव सेवा आश्रमलाई प्रति प्रवेश टिकटबाट ४ रुपैयाँ उपलब्ध गराउने घोषण गरेको छ । अध्यक्ष राजभण्डारीका अनुसार बजारमा जडित सिसि क्यामरा मर्मत तथा नयाँ जडान र धौलागिरी बहुमुखी क्याम्पसमा सहज अध्ययन अध्यापनको लागि ५ लाख बराबरको शैक्षिक सामाग्री प्रदान गरिने छ ।
महोत्सवमा एक करोड ५१ लाख रुपैयाँको कारोबार, एक करोड २१ लाख खर्च हुने र ३० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । महोत्वसवको अवसरमा आयोजित खुल्ला पुरुष भलिवल, दोहोरी गित प्रतियोगिता, बजार श्रृङ्गार, झाँकी तथा ¥याली, भजनगित प्रतियोगिता, खुल्ला लोकनृत्य प्रतियोगिता, कृषी प्रदर्शनी र लठो तान्ने प्रतियोगिताको आयोजना गरिएको छ ।

महोत्सवको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले गर्ने बताइएको छ । महोत्सवमा पहिलो पटक बागलुङको पश्चिम निसीमा क्षेत्रमा चर्चित पुतली नाचको विशेष प्रदर्शनी हुने छ ।
खुल्ला पुरुष भलिवलको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११, द्धितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३० हजार ५ सय ५५ र उत्कृष्टलाई ५ हजारको व्यवस्था गरिएको संघका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।
त्यसैगरि दोहोरीगित प्रतियोगिताको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७, द्धितीय पुरस्कार ४५ हजार ५ सय ५५, तृतीय पुरस्कार २२ हजार २ सय २२ र उत्कृष्टलाई ३ हजारको व्यवस्था गरिएको कँडेलले बताउनुभयो । महोत्वस स्थलमा प्रवेशका लागि बिद्यार्थीलाई ५० रुपैया र अन्यका लागि ८० रुपैयाको व्यवस्था गरिएको छ ।
महोत्वसमा निशुल्क वाईफाई, अग्नी, चोरी र हुलदङ्गा बिमाको व्यवस्था, पानी र शौचालयको व्यवस्था, प्राथमिक उपचार, उत्कृष्ट स्टललाई पुरस्कार, चौविसै घण्टा सिसीटिभी क्यामराको निगरानी सहित सुरक्षाको व्यवस्था गरिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
महोत्सको प्रचार प्रसारका लागि धौलागिरि एफएम लगाएत जिल्ला स्थित टेलिभिजन, सम्पूर्ण एफएम रेडियो, पत्रपत्रिका र अनलाईनलाई अफिसियल मिडियाको रुपमा राखिएको छ ।