उपलब्धी रक्षा गर्न र जनताको मुहार फेर्न बाम गठबन्धनः शाही

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २ २០७६

चुनावी अभियानमा जुटेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त बाम गठबन्धनले क्षेत्र नम्बर–२ (ख) को विभिन्न स्थानमा जनभेटघाट तथा घरदैलो अभियानलाई तिव्र पारेको छ ।
निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका क्षेत्रमा गठबन्धनले घरदैलो अभियानलाई तिव्र बनाएको हो । आईतबार उम्मेदवार सहितको टोलीले राजकुटमा चुनावी सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमबिक्रम शाहीले प्रतिगम बाट लडेर ल्याएको उपलब्धिको रक्षा गर्नुका साथै जनताको आधारभूत आवश्यकता पुरा गर्नको लागी बाम गठबन्धनको अपरिहार्यता बताउनुभयो ।
कार्यक्रम बोल्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले निसी भुजी र तमानको सम्रग विकास, जनताको जीवन स्तर परिवर्तन गर्न र प्रतिक्रियाबादी शक्तिहरू लाई परास्त गर्न बामगठबन्धन मजबुद हुनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपाली, नेपाल कम्युनिष्ट पार्टी ने.क.पा नेता सेरमान घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश समिती सदस्य प्रेम घर्ती मगर, जिल्ला सदस्य लालबिर लोप्चन निसीखोला गाऊपालिका सदस्य चुडा ब. रानाले बोल्नुभएको थियो ।