बागलुङ क्षेत्र नम्बर–२ (ख) चुनावी अभियान तिव्र

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १ २០७६

आगमी मंसिर १४ गते बागलुङ क्षेत्र नम्बर–२ (ख) हुने उपनिर्वाचनको लागि संयुक्त बाम गठबन्धनले चुनावी अभियानलाई तिव्र बनाएको छ ।
गठबन्धनले चुनावी अभियानलाई गाउँ केन्द्रित गरेको छ । गठबन्धनले घरदैलो, आमसभा, मतदाता भेतघाटको कामलाई तिव्रता दिएको हो ।
चुनावी अभियान अन्तर्गत शनिबार निसीखोलाको झिवाखोलामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपा स्थायी समिति सदस्य देबेन्द्र पौडेलले, कम्युनिष्ट पार्टीले जनजीवन बदल्ने लडाईमा रहेको बताउनुभयो ।
राष्ट्रियताको रक्षा र जनताको जनजीविकाको संरक्षण गर्दै कम्युनिष्ट पार्र्टीहरु एकगठ भएर अघि बढ्ने उहाँको भनाई थियो । सांसद पौडेलले सबै बाम संगठित भएर जनजीवन सुधारमा केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो ।
राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सचिव कृष्ण अधिकारील राष्ट्रको विकास, उन्नति र जनताको बलिदान र आन्दोलनबाट आएका सकरात्मक परिवर्तनको रक्षामा एकतावद्ध भएर जाने बताउनुभयो ।
राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता र साम्राज्यवादी बिरोधी मोर्चामा साथ दिन राष्ट्रिय जनमोर्चाले नेकपाको सरकारको पक्षमा उभिएको स्मरण गराउँदै नेता अधिकारीले, जनहितको पक्षमा काम गर्नेलाई जनताले साथ दिने बताउनुभयो ।

यसैबीच साझा बाम उमेदवार खिमविक्रम शाहीले, जनताको सेवा र विकास निर्माणदेखि नीति निर्माणमा, जनताकै आवाज उठाउने र सम्बोधन गरेर जाने प्रतिवद्धता जनाउनुभयो । पश्चिम बागलुङको भुगोल, यहाँको वस्तुस्थितिलाई आफूले राम्ररी बुझेको भन्दै उमेदवार शाहीले, बामपार्टिको साझा उमेदवार भएका हिसावले भोलीका दिनमा पनि साझा एजेण्डालाई लिएर अघि बढ्ने बताउनुभयो ।

यसैगरि नेपाली काँग्रेस बागलुङले मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गरी चुनावी अभियानलाई तीव्र पारेको छ ।
प्रदेश क्षेत्रका विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम गरिएको बताइएको छ । काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरु, संघ तथा प्रदेशका सांसद सहितको टिम प्रत्येक पालिकामा रहेका वडा वडामा पुगेर प्रचारात्मक अभियानमा थालेका हुन ।
यसैबीच समाजवादी पार्टिका उमेदवार अशोक कुमार विश्वकर्माको समूह पनि विभिन्न स्थानमा प्रचारात्मक अभियानमा रहेको छ । । गाउँ गाउँमा पुगेर जनतालाई भेट्ने र मत माग्ने काम गरेको छ ।
विवेकशील नेपाली दलका सन्तोष भण्डारी पनि आफ्नो चुनाव चिन्ह सहितको प्रचारात्मक अभियान अन्तरगत बुर्तिबाङ बजारमा पर्चा सहित भेटघाटमा जुटनुभएको थियो ।
पार्टिको नीति, आफ्नो उमेद्वारी र प्रतिनिधित्वका विषयमा जानकारी दिंदै प्रचारात्मक अभियानमा लागेको भण्डारीले बताउनुभयो ।