ट्यालेन्ट अफ धौलागिरीको उपाधि थापालाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक २८ २០७६

धौलागिरीको पहिलो विद्युतिय संचार माध्यम धौलागिरी एफ एमले संचालन गरेको ट्यालेन्ट अफ धौलागिरीको उपाधि बागलुङका तुफान थापाले जित्नुभएको छ ।

बुधबार भएको धौलागिरी एफएमको १५ औ वार्षिकोत्सबको मुल समारोहमा भएको गाएन प्रतियोगितामा ३ जनालाई पछि पार्दै थापाले उपाधि हात पार्नुभएको हो । विगत १ वर्षदेखि विभिन्न चरणमा निरन्तर चल्दै आएको ट्यालेन्ट अफ धौलागिरीमा ५२ जनाको सहभागिता रहेको थियो ।

मुल समारोहमा भएको सो गाएन प्रतियोगिताका उपविजेता भने छिस्तीका अजय विक हुनुभएको छ । प्रतियोगितामा उपाधि हासिल गर्ने थापालाई ३० हजार नगद ट्रफि र प्रमाण प्रदान गरिएको थियो भने उपविजेता विकलाई २० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एफएमले बिगतका वर्षदेखि शिर्जनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको एफ एमका अध्यक्ष हरिनारायण गौतमले बताउनुभयो । कार्यक्रमको संचालन धौलागिरि एफएमका प्रस्तोता ताराप्रसाद शर्मा र आयशा आचार्यले गुर्नु भएको थियो ।