नव सिर्जना युवाक्लव ताराखोलाको सिर्जनशिल काम

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक १७ २០७६

नव सिर्जना युवा क्लव ताराखोलाको सोह्रो बार्षिकोत्सव तथा दिपवाली मेला शनिवार देखि सुरु भएको छ ।
गण्डकी प्रदेशका सदस्य दिलकुमारि रोका दिपाले कार्यक्रमको उद्घाटन गर्दै ताराखोलाको दुर्गम गाउमा रहेर क्लवले गरेको कामले आफुलाइ खुसि लागेको बताउनुभयो । गाउमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार, ढुंगाखानीहरु सञ्चालनमा ल्याएर उत्पादनमा जोडिने नेतृत्व पनि क्लवले गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले प्रदेश सरकारले एक घर एक धाराको अवधारा अनुसार ताराखोलामा सबै घरघरमा पानी र्पुयाउने लक्ष्य ल्याएको जानकारी दिनुभयो । ग्रामिण भेगमा मोटरबाटो विद्युत लगाएतका विकासमा सरकारले प्राथमिकताका साथ दिने र आफुले पनि आफ्नो भुमिका निर्वाह गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ताराखोला गाउपालिकाका उपाध्यक्ष दिलकुमारी पुन, सस्थाका सल्लाहकार तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश केसी, जिल्ला समन्वय समिति बागलुङका सदस्य फूलमाया पुन लगाएतले मतव्य व्यक्त गर्नु भएको थियो ।
क्लवले बार्षिकोत्सवको अवसरमा पाँच जना जेष्ठ नागरिकलाई दोसल्ला र न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै गरिव तथा जेहेन्दार ८ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेको बताइएको छ ।