लोप हुने खतरामा ऐतिहासिक सराय नाच (अडियो रिपोर्ट सहित)

कमल पौडेल, खरबाङ बागलुङ / प्रकाशित मिति :
मंगलबार, असोज २८ २០७६

नेपाल लोकसँस्कृतिको धनी देश हो । नेपाली समाजमा जात, भाषा, भुगोल र क्षेत्र अनुसार आ–आफ्ना कला, संस्कृति, भेषभुषा छन ।
नेपाली मौलिक तथा परम्परागत संस्कृतिभित्र रहेको महत्वपूर्ण नाच हो सराय नाच । पछिल्लो समय सराय नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच लोप हुने खतरामा परेको हो ।
पश्चिम बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा दशैँको भोलिपल्टबाट पूर्णिमासम्म सराय नाच्ने प्रचलन छ ।
पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सराय नाच हेर्नेको भीड लाग्छ तर नाच्ने मान्छे हुँदैनन् । पहिले–पहिले सराय नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सरायको गोल पुग्दैन ।

साथी कमल पौडेलको अडियो रिपोर्ट सुन्नुहोस्:-