मिस मुस्ताङको उपाधी मेलिनालाई

धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति :
बिहिबार, असोज ९ २០७६

थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको मिस मुस्ताङ २०७६ को उपाधी मेलिना थकालीले जित्नुभएको छ ।
घरपझोङ गाउँपालिका–३ स्याङकी २० वर्षीया थकालीले अन्य ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिनुभएको हो ।
थासाङ गाउँपालिका–५ ताक्लुङकी मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना थुरुङ सेकेण्ड रनरअफ भएका संस्थाका कोषाध्यक्ष शर्मीला गुरुङले बताउनुभयो । जोमसोमको जनहित बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुची भएको बताउनुभयो ।
बिजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद दश हजार रुपैयाँ प्रदान गरिएको छ । गत शनिबार देखि सुरु भएको ४९ औ थाक खेलकुद च्याम्पीयनसिप प्रतियोगिता समापन भएको छ । सो अवसरमा आयोजित महिला र पुरुष भलिबल प्रतियोगितामा थासाङ गाउँपालिका–३ लेतेको निर्मल स्पोटीङ युवा क्लव बिजयी भएको छ ।
पुरुष भलिबलमा लगातार तीन वर्ष प्रतियोगिता जितेको निर्मल स्पोटीङले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । पुरुष भलिबलमा ताक्लुङको अन्नपूर्ण युवा क्लव र महिला भलिबलमा धौलागिरि युवा क्लव कोवाङ दृतीय भएका संस्थाका सचिव दिपक लालचनले बताउनुभयो ।