वाइवाई अन्तर विद्यालय नृत्य प्रतियोगितामा अमर आदर्श प्रथम

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असोज १ २០७६

बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताहको चौथो दिन वाइवाई अन्तर बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
बिविध कार्यक्रमका साथ संचालन गरिएको सप्ताहको चौथो दिन बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले वाइवाई अन्तर बिद्यालय नृत्य प्रतियोगिता गरिएको हो ।
निजी तथा सामुदायिक बिद्यालयका गरि १३ बिद्यालयको सहभागीता रहेको प्रतियोगितावाट अमर आदर्श बोडिङ स्कुल प्रथम, न्यू एभरेष्ट एकेडेमी द्धितीय, चिल्डे«न लाइफ बोडिङ स्कुल तृतीय र कालिगण्डकी आवसिय माविले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
बिजयी प्रतियोगीलाई जेसीज सप्ताहको अन्तिम दिन असोज ३ गते पुरस्कृत गरिने प्रतियोगिताका संयोजक साधना पन्तले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ जेसीजका पूर्व अध्यक्ष एवँ राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले जेसीजले बिगतका बर्षहरुमा पनि समाजमा प्रभाव पार्ने खालका कार्यक्रम संचालन गर्दै आइरहेको र अहिले पनि बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले प्रतियोगिता आयोजना गरेर समाजमा उदाहरणिय काम गरेको बताउनुभयो ।
कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र प्रतियोगिताका संयोजक साधाना पन्तको संचालनमा सम्पन्न भएको थियो । सप्ताहका मुल संयोजक आकृति भण्डारीले स्वागत गर्नुका साथै सप्ताहका वारेमा प्रकाश पार्नुभएको थियो ।
सप्ताहको पाँचौ दिन असोज १ गते आज घोडावाँधेमा पर्यटकिय बोर्ड व्यवस्थापन, २ गते अन्तरक्रिया कार्यक्रम, ३ गते स्वर्गिय प्रगतिकुुमार श्रेष्ठको स्मृतिमा अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रम आयोजना गरिएको मुल संयोजक भण्डारीले जानकारी दिनुभयो ।