धौलागिरि एफएम बागलुङले तिज गित प्रतियोगिता गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, भाद्र ८ २០७६

धौलागिरिको पहिलो बिद्युतिय संचार माध्यम धवलागिरि एफएम बागलुङले खुल्ला तिज गित प्रतियोगिता गर्ने भएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा धवलागिरि एफएम बागलुङले भदौ १४ गते शनिबार एफएमको स्टुडियोबाटै बिहान १० बजेदेखि खुल्ला तिज गित प्रतियोगिता गर्ने भएको हो ।
महिलाहरुको महान पर्वलाई केन्द्रित गरी खुल्ला तिज गित प्रतियोगिता संचालन गर्ने भएकाले बिभिन्न संघ संस्था, समुह तथा बिद्यालयहरुलाई सहभागीताका लागि अनुरोध गरिएको संचालक उमाकान्त शर्माले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागीताका लागि भदौ १३ गते शुक्रबार साँझसम्म एफएममा आई नाम दर्ता गर्न अनुरोध गरिएको शर्माले बताउनुभयो । प्रतियोगीले बढीमा पाँच टुक्का गीत गाउन पाउने छ ।
प्रतियोगितामा कुनै एक समुहवाट बढिमा ३ जनाले सहभागीता जनाउन पाइने र प्रतियोगितावाट बिजेता बन्ने समुहलाई नगद १० हजार मेडल र प्रमाणपत्र, उपबिजेतालाई नगद ७ हजार मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।