रुद्रेपिपलद्धारा ८ औँ तिज मेला आयोजना

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, भाद्र ८ २០७६

रुद्रेपिपल युुवा क्लव बागलुुङले हरितालिका तीजको अवसरमा ८ औँ तिज मेला आयोजना गरेको छ ।
महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा रुद्रेपिपल युुवा क्लवले विगतका वर्षहरुमा जस्तै मेला आयोजना गर्न लागेको हो । क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मौलिक संस्कृतिको संरक्षण र विकासको लागि ३ दिने मेला आयोजना गरेको क्लवका उपाध्यक्ष सकुुन्तला थापा बोसेलले जानकारी दिनुभयो ।
तिज मेलाको अवसरमा क्लवले खुुल्ला वडा स्तरिय तिज गित प्रतियोगिता, खुुल्ला वडा स्तरिय तिज नृत्य, महिला स्वलो स्कुुटी रेस, पुुरुष स्वलो वाईक रेस, महिला पुुरुष छेलो, घैटो फोर प्रतियोगिता, खुुल्ला शान्ति दौड र वडा स्तरिय महिला पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरेको क्लवका सल्लाहकार विरबहादुर किसानले बताउनुभयो ।
मेला संचालन गर्न १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनको संचालन कमल बोहोराले गर्नूभएको थियो ।