लामो समयको रस्साकस्सीपछि दोहोरी गीत प्रतिष्ठानले नयाँ नेतृत्व पायो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, भाद्र १ २០७६

लामो समयको रस्साकस्सीपछि अन्तत दोहोरी गीत प्रतिष्ठान बागलुङले नयाँ नेतृत्व पाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको ७ औ अधिवेसनमा सर्वसम्मत हुन नसकेपछि अन्यौल बनेको प्रतिष्ठानको जिल्ला समितिले फेरी मुर्त रुप पाएको हो । अध्यक्षका प्रत्यासी गणेश पौडेल र सरस्वती खड्का परियार बिच सहमति पनि हुन नसकेको र निर्वाचन पनि हुन नसकेको अवस्थामा प्रतिष्ठानको केन्द्रीय समिति र प्रदेश तदर्थ समितिको सहमतिको लामो प्रयासपछि प्रतिष्ठानले नयाँ नेतृत्व पाएको हो । करिब ४ दिनको प्रयासपछि गणेश पौडेलको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको नयाँ समिति सर्वसम्मत चयन गरिएको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा सरस्वती खड्का परियार, द्वितीय उपाध्यक्षमा ताराप्रसाद शर्मा, महिला उपाध्यक्षमा मंगला लिम्बु, सचिवमा शिव शर्मा, कोषाध्यक्षमा प्रेम थापा, सह–सचिवमा जमुना श्रीस, सहकोषाध्यक्षमा कल्पना चालिसे र प्रवक्तामा सौगात खड्का चयन भएका छन् । सदस्यमा निशा श्रीस, सज्जनकुमार सिंह, मिना परियार, प्रकाश थापा, प्रतिमान थापा, मुना कार्की, समिन्द्र परियार, धना सुनार, रविना बिक र तुलसी थापा रहेका छन् । अन्य ४ जना सदस्यपछि मनोनित गर्ने बताइएको छ । ७ औ अधिवेशन तथा १६ औँ वार्षिकसाधारण सभाका प्रमुख अतिथि एवं चर्चित गायक पुरुषोत्तम न्यौपाने र केन्द्रीय निर्वाचन प्रतिनिधि र प्रदेशका पदाधिकारी उपस्थित २९ गते भएको बन्दसत्रले सर्वसम्मत र निर्वाचन गराउन समस्या भएपछि, केन्द्रीय सदस्य शिव हमाल, गण्डकी प्रदेश संयोजक तारापति सुवेदी, सह–अध्यक्ष राजेन्द्र सापकोटा, सचिव पूर्ण परियार र आजिवन सदस्य लक्ष्मण श्रीको लामो प्रयासपछि समिति सर्वसम्मत चयन हुन सफल भएको हो ।