बागलुुङका विभिन्न स्थानमा पनि गाईजात्रा निकालियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, साउन ३२ २០७६

दिवगंत आफन्तको सम्झनामा शुक्रबार बागलुुङ बजारमा गाईजात्रा निकालिएको छ ।
बागलुुङमा बसोबास गर्ने नेवारी समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहिआएको र एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालिएको हो ।
बागलुुङ नगरपालिका भित्र बसोबास गर्ने नेवार समुुदायले निकाल्दै आएको गाईजात्रा एक वर्षभित्र मृत्युु भएका १३ घरपरिवारले गाईजात्रा निकालेका थिए ।
¥यालीमा दिवंगत भएका व्यक्तिको आफन्त, नेवारी समुदाय ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमा गरेका थिए । सबै दिवंगत व्यक्तिको फोटो राखेर निकालिएको तमोचा गाइजात्राको आर्कषण बनेको थियो । गाईजात्राको दिन बागलुुङ बजारमा गाईजात्रा अवलोकन कर्ताको चहलपहल बढेको थियो ।


भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा शुक्रबारदेखि स्याङजामा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। जनै पूर्णिमाको भोलीपल्टदेखि दैनिकरुपमा एकरएक नामका नाच प्रर्दशन गरिन्छन् । पहिलो दिन शुक्रकार मृतक परिवारका सदस्यले गाईको पुच्छर समाउँदै नगरपरिक्रमा गर्छन् ।
नेवारी समुदायमा वर्षभरीमा मृत्यु भएका आफन्तको सम्झनामा गाई, मानिस, डोकालाई गाईका रूपमा सिँगारी आ(आफ्ना गाउँ÷ठाउँमा समूहसहित परिक्रमा गराइन्छ ।सांस्कृतिक उत्सवका रुपमा मनाइँदै आएको गाइजात्रामा गाईको पुच्छर समाउँदै परिक्रमा गरिन्छ । यसो गर्नाले मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
आठ दिनसम्म मनाइने यस पर्वमा व्यंग्यात्मक प्रदर्शन, रोपाईं नाँच, पुतली नाँच, बाघ शिकार, लाखे नाँचलगायत रामायणसारमा गीत तथा नाट्य प्रर्दशन समेत गरिने नेपाल भाषा मंकःखला बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।