भानु जयन्तीको अवसरमा युवा लेखक घायलश्रीलाई सम्मान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असार ३០ २០७६

२०६ औं भानुजयन्तीको अवसरमा म्याग्दी साहित्य संचारले आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।
सो अवसरमा संचारका सस्थापक अध्यक्ष एवम् साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई सम्मान तथा रचना बाचन गरिएको थियो ।
नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा विभिन्न क्षेत्रमा आवद्ध शुभचिन्तकहरुको उपस्थितमा संचारका संस्थापक अध्यक्ष एवम् क्रियाशिल साहित्यकार घालश्रीलाई नगद ५ हजारसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
म्याग्दी साहित्य संचारका अध्यक्ष सन्दिप खत्री, प्रमुख अतिथि गणनाथ पौडेल र साहित्यकार धुव्रलाल शर्माले सयुक्त रुपमा घायलश्रीलाई सम्मान गर्नु भएको थियो । पर्वत जन्मीएर कर्मथलो म्याग्दी बनाएर साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका घायश्रीलाई सम्मान गरेको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै साहित्यकार पौडेलले नेपाली भाषाका सष्ट्रा तथा साहित्यकार भानुभक्त आचार्य योगदानलाई निरन्तर सम्झनुपर्ने बताउनुभयो । संचारका सल्लाकार चन्द्रबहादुर लामिछानेको स्वागत मन्तव्य, सचिव हिरा शर्माको संचालनमा भएको सष्ट्रा सम्मान कार्यक्तममा साहित्यकार अजयमिलन श्रेष्ठ, धुव्रलाल शर्मा, भक्त कार्की चन्द्रबहादुर बुढामगर, दपर्ण रोका दिपक शर्मा लगायतले गजल कविता तथा रचना बाचन गर्नुभएको थियो ।