गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
सोमबार, असार २ २០७६

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गर्नूभएको हो ।
चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।
प्रदेश सरकारले ३ अर्ब २७ करोड ७५ लाख राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदान ५ अर्ब ५ अर्ब ३५ करोड १६ लाख, समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, रोयल्टीबाट ४० करोड आउने अनुमान छ ।
चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ८० करोड उपयोग गर्दा पनि १ अर्ब ९८ करोड ८३ लाख ९२ हजार अपुग हुनेछ । जसमध्ये ९८ करोड ८३ लाख ९२ हजार आन्तरिक र बाँकी १ अर्ब संघीय सरकारबाट ऋण लिइने बजेटमा उल्लेख छ ।
बजेटमा चालु आवमा निर्णय सुरु भएका सडक र पुललाई क्रमागत रुपमा निर्माण गर्दै लैजान ८ अर्ब १८ करोड छुट्याइएको छ । मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारी आवास निर्माण यसै वर्ष सुरु गर्ने गरी १ अर्ब ७० करोट बजेट विनियोजन गरिएको छ । यस्तै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि ७२ करोड विनियोजन गरिएको छ ।
सरकारले प्रदेशको राजधानीलाई जिल्ला सदरमुकामसम्म जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको वडा केन्द्र जोड्ने क्रमागत सडकलाई प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाएको छ ।

 

पुर्णपाठ पढ्न तलको लिङ क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1AmW5u00ZZNrvp0VS69oCkguMo8HfN1H8/view