डिआइआरडिसीले दियो महिलाहरु लाई दुना टपरी तालिम

/ प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ८ २០८३

बागलुङ, ८ जेष्ठ –बागलुङमा तीन दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । धौलागिरि एकीकृत ग्रामिण बिकास केन्द्र (डिआइआरडिसी) को आयोजना र बागलुङ नगरपालिका १ वडा कार्यालयको सहकार्यमा तालिम सम्पन्न भएको हो ।

तालिम मार्फत महिलाहरुलाई आय आर्जनका लागि सहयोग पु¥याउने उद्देश्यले ओएनजिडी एफएनइएलको आर्थिक तथा उद्यमशिल दुनाटपरी उद्योगको प्राविधीक सहयोगमा जेठ पाँच गते मंगलवारदेखि संचालित तालिम बिहिवार सकिएको हो ।

स्थानिय बजारमा उच्च माग रहेको प्रविधीमा आधारित दुना टपरी बनाउन सिपको अभाव भएको अवस्थालाई मध्यनजर गर्दै तालिम दिइएको डिआइआरडिसीका अध्यक्ष केवि राना मगरले बताउनुभयो ।

जंगलमा खेर जाने सुकेका सालका पातलाई संकलन गरि दुना टपरी बनाई बिक्रि गरेर उद्यमी महिलाहरुलाई आय आर्जनको बातावरण सिर्जना गर्न तालिम उपयोगी रहेको राना मगरले बताउनुभयो । २१ जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण पूर्णा थापा र बालकुमारी पुनले गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष जयबहादुर केसीले उद्यमीहरुका लागि आवश्यक पर्ने मेसिन लगायतका सामग्री खरिदका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम डिआइआरडिसीका अध्यक्ष केवि राना मगरको अध्यक्षता र चन्द्रा थापाको संचालनमा सम्पन्न भएको थियो ।