बिरशाली पन्त स्मृति कोषबाट कवि मेघराज पाण्डेय सम्मानित

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २९ २០८२

बागलुङ, २९ फागुन–बागलुङ नगरपालिकाद्धारा स्थापित बीरशाली पन्त स्मृति कोषबाट कवि मेघराज पाण्डेय सम्मानित हुनु भएको छ ।
प्रत्येक बर्ष नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान प्रदान गर्नेहरुलाई सम्मान गर्ने अभिप्रायले नेपाली साहित्यका प्राथमिककालीन कवि पन्तको स्मृतिमा स्थापना भएको कोषबाट पाण्डेयलाई सम्मानित गरिएको हो ।

पन्तको स्मृतिमा २०७९ सालमा स्थापित कोषबाट तेस्रो सम्मान स्वरुप बागलुङ बजार निवासी पाण्डेय लाई नगद २५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

पाण्डेयलाई कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र निवर्तमान नगर प्रमुख जनकराज पौडेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कवि पन्त बागलुङको इतिहाँस र गौरव भएको बताउनुभयो ।

उहाँले पन्तको कृतित्व र व्यक्तित्वका वारेमा अन्तराष्ट्रिय स्तरमा पु¥याउन सकेमा जिल्लाको पहिचान बढ्नेमा जोड दिनुभयो । कार्यक्रममा निवर्तमान नगरप्रमुख जनकराज पौडेल, सम्मानित व्यक्ति मेघराज पाण्डेय, दोस्रो सम्मानित व्यक्ति धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापा र नारी स्रष्टा चन्द्रकुमारी श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।

सम्मानति व्यक्तिको वारेमा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डाक्टर सुदर्शन शिलवालले जानकारी गराउनुभएको थियो । कार्यक्रम कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षता, सदस्य बरिष्ठ अधिबक्ता काजी गाउँले श्रेष्ठको स्वागत र सदस्य सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।