प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्र नम्वर १ मा ११ दल दर्ता

/ प्रकाशित मिति :
मंगलबार, माघ ७ २០८२

बागलुङ, ६ माघ – आगामि फागुन २१ गते तय भएको प्रतिनिधीसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्वर १ बाट ११ दलले मनोनयन दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अनुसार मंगलवार निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समिति बागलुङमा पुगेर ११ दलले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्वर २ मा पनि बिभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसबाट भिम श्रीस, नेकपा एमालेबाट हिरावहादुर केसी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट कृष्णप्रसाद अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण बिक्रम आचार्यले मनोनयन दर्ता गराउनु भएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट टेकबहादुर केसी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, नेशनल रिपव्लीक नेपालबाट सहविर थापा, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर बिक र मंगोल नेशनल अर्गनाइजेसनबाट गुमाकुमारी बुढा राना मगरले उमेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

यसैगरि क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।

यसैगरि नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट लोकेन्द्र घिमिरे, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेपाल मानवतावादी पार्टीबाट टेकबहादुर कामी र मंगोल नेशनल अर्गनाइजेसनबाट कोपिला घर्ती, जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्तीले उमेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यक्रम अन्तरगत माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने रहेको जनाइएको छ ।