नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा मेजर तेज बहादुर खत्री

/ प्रकाशित मिति :
शनिबार, पुष २६ २០८२

बागलुङ, २६ पुष – नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा मेजर तेज बहादुर खत्री सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । संस्थाको १५औँ साधारण सभाले खत्रिको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरि बहादुर कार्की, सचिव प्रेम बहादुर क्षेत्री, कोषाध्यक्षमा अगन बहादुर खड्का र सहसचिवमा भुमिकला थापा रहनुभएको छ । यसैगरी संचालक समिति सदस्यहरुमा प्रकाश प्रसाद शर्मा, तुलसी खड्का केसी, सरस्वती खड्का क्षेत्री र लाल बहादुर केसी रहनुभएको छ ।

यसैगरी हेमराज गौतम संयोजक र कृष्ण बहादुर खड्का र तेज वहादुर केसी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको निर्वाचन समिति संयोजक तथा कानुनी सल्लाहकार रमेश बहादुर खड्काले जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन नवरत्न सहकारी संस्थाका सदस्य  तथा नवप्रतिभा परोपकार बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम केसीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सबैको हातेमालो बाट मात्र सहकारीलाई सफल र सक्षम बनाउन सकिने वताउनुभयो । नवरत्न सहकारीले नाम जस्तै काम पनि नयाँ तरिकाले गर्ने भएकाले हरेक कारोवार पारदर्शी र संस्था मजवुत बनेको बताउनुभयो ।

सहकारीका संस्थापक अध्यक्ष बल बहादुर खड्का, संस्थाका पुर्व अध्यक्ष हेमबहादुर खत्री, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार दिल बहादुर कार्की, नवरत्न सहकारी संस्थाका कानुनी सल्लाहकार रमेश बहादुर खड्का, नवरत्न सहकारीका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सचिव मेजर तेज बहादुर खत्रीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष प्रेम बहादुर क्षेत्रीले आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य चित्र वहादुर खत्रि क्षेत्री र जई कुमारी घर्ति क्षेत्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणी, उत्कृष्ट बचतकर्ता, असल बाल बचतकर्ता र सामुदायिक एवं आवसिय विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरी लगायत दुई दर्जन बढिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष देब बहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरि बहादुर कार्कीको स्वागत र सचिव मेजर तेज बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।