स्मृति प्रकाशनको चौथो साहित्य श्रृङखला सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, असार २९ २០८२

बागलुङ २८ असार – मृति प्रकाशन बागलुङले मासिक रुपमा संचालन गर्दै आएको साहित्यीक कार्यक्रम स्मृति चौतारीको चौथो श्रृङ्खला शनिबार सम्पन्न गरेको छ ।प्रत्येक महिनको अन्तिम शनिबार हुदै आएको स्मृति चौतारी कार्यक्रमको उद्घाटन धौलागिरी बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै उहाँले साहित्यमा सिर्जनसिशला निरन्तरता हुन सके समाजलाई सुशुचित र अनुशासित बनाउन सकिने बताउनुभयो । उहाँले साहित्य साधना र भक्तिभाव हुने चर्चा गर्दै यस्ता खाले कार्यक्रमले भाषा कला र साहित्यका संरक्षण गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमा स्मृति प्रकाशनका प्रमुख संरक्षक काजिरोशन र विद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष रामप्रसाद शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा स्वर्गिय साहित्यकार ठाकुरप्रसाद पराजुलीको व्याक्तित्व बारे स्मृति प्रकाशनका सचिव तारा प्रसाद शर्मा स्टारले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सर्जकहरु काजिरोशन, रामचन्द्र शर्मा, हरिप्रसाद पाण्डे, केशवप्रसाद रेग्मी र कोपीला कँडेलले कविता, गजल, मुक्तक गित लगायतका सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रम स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता तथा सँचालनमा सम्पन्न भएको थियो ।