विषादीमुक्त खानपान, बागलुङको पहिचान ःबागलुङ नगरको निति

/ प्रकाशित मिति :
मंगलबार, असार १០ २០८२

बागलुङ, १० असार –बागलुङ नगरपालिकाले विषादीमुक्त खानपान बागलुङको पहिचान भन्ने नारा साथ कृषि, पशुविकाश तथा रैथाले बाली प्रवद्धनलाई प्राथमिकताको निति बनाएको छ ।

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले१७ औ नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै समुदायलाई कृषि उत्पादनमा आकर्षित गर्ने वातावरण सिर्जना गरी विभिन्न कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन गरिने बताउनुभयो ।

कृषिको व्यवसायीकरणमा जोड दिन बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै बाँझो रहेको जमिन उपयोगमा ल्याउन करार खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने, रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न आवश्यक सीप र प्रविधिमा सहयोग गरी स्थानीय खाद्य तथा पोषण सुरक्षमा टेवा पु¥याइने, सम्भावित स्थानहरुमा सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्रका कार्यक्रम विस्तार गर्दै लगिने निति तथा कार्यक्रममा उल्लेख छ ।

कृषिको उत्पादकत्व वृद्धिका लागि माटो परीक्षण कार्यक्रमलाई कृषकको पहँुच योग्य बनाइने एक वडा एक उत्पादनलाई प्राथमिकता दिई पकेट कार्यक्रम सञ्चालन गरिने कृषिलाई निरन्तर पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समूहलाई सम्मान गरिने र कृषि उत्पादनको बजारीकरणको लागि कृषि बजार स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ ।

कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, विविधीकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिइने र “खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा” भन्ने नाराका साथ कृषकहरुलाई प्राविधिक सेवाका लागि कृषि परामर्श सेवा कार्यक्रमलाई पहुँचयोग्य बनाउन प्रविधिसंग जोडिने नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।

प्राकृतिक प्रकोप, रोगव्याधि लगायतको कारण कृषिमा गरिएको लगानी डुब्न नदिनको लागि गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमा कार्यक्रमलाई कृषक, कृषि व्यवसायी र प्रदेश सरकारको साझेदारीमा अगाडि बढाइने,सङ्घतथा प्रदेश सरकारको सहयोगमा बागलुङ नगरका सबै कृषि योग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिने, स्थानीय सम्भाव्यताका आधारमा चैते धान प्रवद्र्धन कार्यक्रम, हिँउदे मकै प्रवद्र्धन कार्यक्रम र फलफूल बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने नगरको नितिमा उल्लेख छ ।

विषादीमुक्त खानपान बागलुङको पहिचान भन्ने नारालाई आत्मसात गर्दै जैविक खेती र उत्पादनलाई प्रोत्साहन गरिने, पशु, पंक्षी, मौरीपालन व्यवसायलाई प्राथमिकता दिइने, कृषिलाई निर्यातमुखी बनाउनकोे लागि उच्च बजार मूल्य भएका कागती, किवी, लिची, आँप, केरा एभोकाडो, ड्रागन फ्रुट्स, चिया, कफी, अलैँची, ओखर जस्ता उष्णप्रदेशीय फलफूल खेती तथा पुष्प खेतीलाई सम्भावनाको आधारमा प्रोत्साहन गरिने तथा बागलुङ नगरक्षेत्रको उपयुक्त स्थानमा कृषि कलेज स्थापनाको लागि आवश्यक पहल गरिने बताईएको छ ।