चलचित्र महाजात्राको “आहा क्या राम्रोे” गीत सार्वजनिक (भिडियोसहित)

केपि कुमार जलन, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ ४ २០८០
बहुप्रतिक्षित नेपाली चलचित्र महाजात्राको आहा क्या राम्रो बोलको शिर्ष गितको भिडियो युवटुवमा सार्वजनिक भएको छ ।
जात्रा, जात्राजात्रै पछि महाजात्रा बनाएको षट्कोण आर्टले ओएसआर डिजिटलको युवटुव मार्फत् आहा क्या राम्रो बोलको भिडियो बजारमा ल्याईएको हो ।
धन कमाउन जस्तो सुकै परिस्थितीमा पनि पसिना बगाउन बाध्य गरिबीको संघर्षलाई टपक्क टिपेर तयार पारिएको गितको संगित संयोजन वरिष्ठ सगीतकार तथा गायक आशिष अबिरलले गरेका हुन् ।
सर्वाधिक हिट चलचित्र दिएका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र महाजात्रा आहा क्या राम्रो गितमा वरिष्ठ संगितकार तथा गायक आशिष अविरल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।
सर्जक तथा संगितकार एकनारायण भण्डारीको शब्द रहको गितको म्युजिक भिडियोमा चर्चित मोडल आश्मा विश्वकर्मा, अरुण क्षेत्री कलाकार  हरिवंश आचार्य, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर बाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्यदेव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा लगायतले ठुम्का लगाएका छन् ।
पुरुषत्तोम प्रधानको छाँयाङ्कन, मित्र डि गुरूङको सम्पादन, नृत्य निर्देशक कविराज गहतराज कोरियोग्राफी रहेको चलचित्रको कथा निर्देशक स्वयम् प्रदिप भट्राईको रहेको छ ।
भिडियो हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=LlYKjD2kk6M&pp=ygUJbWFoYWphdHJh