भुकम्पबाट धादिङमा २० घर भत्कीए, ७५ घरमा क्षेती

/ प्रकाशित मिति :
आइतबार, कार्तिक ५ २០८០

 

बागलुङ, ५ कार्तिक – आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रविन्दु भइ आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।