घटस्थापनाको पहिलो दिन बागलुङ कालिका मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती

/ प्रकाशित मिति :
आइतबार, असोज २८ २០८០

बागलुङ, २८ असोज – दसैंको पहिलो दिन आइतबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजनले पुजाआजा गरेका छन् । विधीपुर्वक घटस्थापना गरेर आइतबार कालिका मन्दिरमा जमरा राखिएको छ ।

देशैभर बाट भक्तजनको बाक्लो उपस्थीतिले मन्दिरमा चहलपहल बढेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला बाहेक चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेका छन् ।

सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजनले पनि बागलुङ कालिका दर्शन गरेर मात्र फर्कन चाहेपछि मन्दिरमा भीड थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प¥यो भनेर आयौं,’ चितवनका रत्न सापकोटाले भन्नुभयो ।

हरेक वर्ष दसैंमा ४ लाखभन्दा बढी नरिबल बिक्री भएको तथ्यांकले यसबर्षको दशैमा पनि सोही संख्यामा भक्तजन आउने अनुमान खड्काले खड्काले बताउनुभयो ।

कालिका मन्दिरमा चैतेदसैंमा पनि य सयौंको भीड लाग्छ । ५ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएको स्थानीय बताउछन । प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्न सैनिक, प्रहरी लगायतका जंगी अड्डा क्षेत्रका पदाधिकारी समेत आउने गर्छन् ।